२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आशिका तामाङसहित दुई जनालाई पाँच दिन...

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

बिहिवार, भाद्र १२ २०८२०७:२२
बिहिवार, भाद्र १२ २०८२०७:२२
  • images

    काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय सुनाएको  छ । 

    न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको हो ।

    अदालतले तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो ।

    त्यस्तै अदालतले ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश पनि दिएको छ ।

    सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा तामाङलगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेपछि नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend