२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

आइतवार, भाद्र १५ २०८२१०:४२
आइतवार, भाद्र १५ २०८२१०:४२
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend