२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, कतिमा...

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र १६ २०८२१०:४५
सोमवार, भाद्र १६ २०८२१०:४५
  • images

    काठमाडौँ । पछिल्लो समय सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार २ लाख नाघेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आइतबार र सोमबार बढ्दै झन नयाँ रेकर्ड बनाएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड बनाएको हो । 

    महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

    चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend