२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नेपालमा विदेशी नागरिकको ट्र्याकिङ प्रणाली असोज...

नेपालमा विदेशी नागरिकको ट्र्याकिङ प्रणाली असोज १ देखि लागू

नेपालमा विदेशी नागरिकको ट्र्याकिङ प्रणाली असोज १ देखि लागू

मंगलवार, भाद्र १७ २०८२१२:१२
मंगलवार, भाद्र १७ २०८२१२:१२
  • images

    काठमाडौं । नेपालमा आउने विदेशी नागरिकहरूको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू हुने भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो प्रणाली नेपाल आउने पर्यटक र विदेशी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, सम्भावित अपराध नियन्त्रण गर्न र पर्यटन व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि सुरु गरिएको हो।

    विभागले अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताप्रति नेपालको पूर्ण प्रतिवद्धता प्रकट गर्दै यस प्रणालीले आपतकालीन अवस्थामा खोज तथा उद्धारलाई सहज बनाउने विश्वास लिएको छ। साथै, सुरक्षासम्बन्धी निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन यो प्रणाली महत्वपूर्ण हुने बताइएको छ।

    अध्यागमन विभागका अनुसार अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अन्तर्गत नेपालमा विदेशीहरूको प्रवेश, बसोबास र प्रस्थान नियमन गर्नु यसको प्रमुख दायित्व हो। यसै सन्दर्भमा नयाँ प्रणालीले नेपालमा प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकको व्यवस्थित अभिलेख राख्नेछ, जसले पर्यटन क्षेत्रमा सुरक्षित र व्यवस्थित विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

    adhyagaman 1.jpg
    adhyagaman2.jpg

    यस प्रणालीलाई पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा लागू गरिनेछ। दोस्रो चरणमा भने मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरमा र क्रमशः गेष्ट हाउस, अन्य होटल तथा निजी–सार्वजनिक संस्थाबाट प्रवाह हुने सेवामा पनि अनिवार्य रूपमा विस्तार गरिने विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend