काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज दश ग्राम सुनको मूल्य एक लाख ७८ हजार २४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १२६ रुपैयाँ रहेको छ ।

