२०८३, आश्विन २३ गते

images
  • समाचार
  • अब फोनमा चर्को स्वरले बोले, राति...

अब फोनमा चर्को स्वरले बोले, राति प्रेसर कुकरमा सिट्ठी लगाए ३ लाख जरिवाना

अब फोनमा चर्को स्वरले बोले, राति प्रेसर कुकरमा सिट्ठी लगाए ३ लाख जरिवाना

बिहिवार, भाद्र १९ २०८२११:२१
बिहिवार, भाद्र १९ २०८२११:२१
  • images

    काठमाडौं । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सार्वजनिक सूचनामा ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने उल्लेख गर्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन आग्रह गरिएको हो।

    प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेषगरी गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ।

    यसको प्रतिकूल असरबाट बच्न प्रहरीको आग्रह यस्तो छ– “फोन गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, सकेसम्म मेसेजमै संवाद गरौँ, राति अनावश्यक आवाज नगर्नुहोस्।”

    त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन समेत भनिएको छ।

    प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।

    poli.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend