२०८३, आश्विन २१ गते

images

सम्भवत आजै बेलुकादेखि दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने, निर्णय लिन मन्त्रालयमा बैठक जारी

सम्भवत आजै बेलुकादेखि दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने, निर्णय लिन मन्त्रालयमा बैठक जारी

बिहिवार, भाद्र १९ २०८२०१:२९
बिहिवार, भाद्र १९ २०८२०१:२९
  • images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालको विषयमा निर्णय गर्न बैठक बसिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन् भनिरहँदा सञ्चार मन्त्रालयमा भने यसैबारे निर्णय गर्न बैठक बसिरहेको हो ।

    सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागीमा छन् ।

    बैठकमा सहभागी एक अधिकारीका अनुसार अहिले निर्णय लेख्ने काम भइरहेको छ । सम्भवतस् आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गर्ने सम्भावना रहेको ती अधिकारी बताउँछन् ।

    सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, यो समाचार तयार पार्दासम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

    हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको छ ।

    यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले फेसबुकमा लेखेका थिए, ुसम्भवतस् दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन् । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ ।ु

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend