२०८३, आश्विन २१ गते

images

नेपालमा दर्ताबारे मेटाले देखायाे चासो

नेपालमा दर्ताबारे मेटाले देखायाे चासो

बिहिवार, भाद्र १९ २०८२०७:५७
बिहिवार, भाद्र १९ २०८२०७:५७
  • images

    काठमाडौं । फेसबुकसहित सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी मेटाले नेपालमा दर्ताबारे चासो देखाएको छ। दर्ता नगरेको भन्दै सरकारले २६ वटा सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन मेटाका कर्मचारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सोधखोज गरेका हुन्।

    मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका कर्मचारीले अनौपचारिक रूपमा दर्ताका लागि आवश्यक विवरणबारे चासो राखेपछि मन्त्रालयले इमेलमार्फत आवश्यक जानकारी पठाएको हो।

    “मेटाका कर्मचारीले अनौपचारिकरूपमा दर्ताबारे सोधखोज गर्नुभएको थियो। हामीले चाहिने विवरण इमेलमार्फत पठाइ दिएका छौँ,” प्रवक्ता ठाकुरले बताए। तर उनले औपचारिक रूपमा दर्ता प्रक्रिया सुरु नगरेसम्म सरकारको निर्णय यथावत रहने स्पष्ट पारे। “दर्ता नभएसम्म प्रतिबन्धको निर्णय कायम नै हुन्छ,” उनले भने।

    मेटाले हाल फेसबुक, वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जर सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend