२०८३, आश्विन २१ गते

images

एनसेलले भन्योः दर्ता नभएका सामाजिक सञ्जाल एनसेलको इन्टरनेटमा चल्दैनन्

एनसेलले भन्योः दर्ता नभएका सामाजिक सञ्जाल एनसेलको इन्टरनेटमा चल्दैनन्

बिहिवार, भाद्र १९ २०८२०९:०५
बिहिवार, भाद्र १९ २०८२०९:०५
  • images

    काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू एनसेलको इन्टरनेट सेवाबाट नचल्ने स्पष्ट पारेको छ। 
    बिहीबार साँझ सूचना प्रकाशित गरी एनसेलले यस्तो जानकारी दिएको हो।  

    ‘नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं’ एनसेलले भनेको छ, ‘यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं।’ 

    यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने सूचनामा उल्लेख छ। 

    सरकारले नेपालमा दर्ता नभएका २६ वटा समाजिक सञ्जाललाई नेपालमा दर्ता गर्न आह्वान गर्दै अन्यथा आज मध्यरातिदेखि निस्क्रिय पार्ने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend