काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य २५ सयले बढेको हो ।
महासंघका अनुसार शुक्रबार सुन तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । बिहिबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
आज दश ग्राम सुनको मूल्य एक लाख ८० हजार ३८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १३५ रुपैयाँ रहेको छ ।

