२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको पहिलो दिननै ह्वात्तै बढ्यो सुनचाँदीको...

साताको पहिलो दिननै ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिननै ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, भाद्र २२ २०८२१०:४३
आइतवार, भाद्र २२ २०८२१०:४३
  • images

    काठमाडौँ । साताको पहिलो दिन नै नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको आइतबारको तथ्यांक अनुसार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार मूल्य बढेसँगै आइतबार सुन तोलामा २ लाख  १२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन २ लाख १० हजार ४ सय रुपैयाँमा करोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा २ हजार ४९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २ हजार ५०० रुपैयाँ  मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    आज दश ग्राम सुनको मूल्य एक लाख ८१ हजार ७५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend