२०८३, आश्विन २१ गते

images

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिँदै ‘जेनजी’ पुस्ता

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिँदै ‘जेनजी’ पुस्ता

आइतवार, भाद्र २२ २०८२१२:४६
आइतवार, भाद्र २२ २०८२१२:४६
  • images

    काठमाडौं । सन् १९९७ देखि २०१२ बीच जन्मिएका व्यक्तिहरू, अर्थात् जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्।

    नेप्लिज स्टुडेन्ट्स फर जस्टिसको आयोजनामा हुने सो प्रदर्शन सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा हुनेछ। सहभागीहरूले विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित उपस्थित हुन आग्रह गरिएको छ।

    समूहले देशमा भ्रष्टाचार अन्त्य, सुशासन कायम, रोजगारी सिर्जना लगायतका माग राखेका छन्। उनीहरूले आफ्नो आन्दोलनमा कुनै राजनीतिक दल वा नेताको नेतृत्व नरहने स्पष्ट पारेका छन्।

    साथै, प्रदर्शनको प्रचार-प्रसारका लागि उनीहरूले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेको जानकारी पनि उपलब्ध गराएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend