२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • विपक्षी दलको बैठक बस्दै, यस्तो छ...

विपक्षी दलको बैठक बस्दै, यस्तो छ एजेण्डा

विपक्षी दलको बैठक बस्दै, यस्तो छ एजेण्डा

मंगलवार, भाद्र २४ २०८२०८:२६
मंगलवार, भाद्र २४ २०८२०८:२६
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।  जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

    बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

    बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

    माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend