२०८३, आश्विन २३ गते

images

ह्वात्तै बढ्यो सुनको मूल्य, अब एक तोला सुन किन्न २ लाख १५ हजार चाहिने

ह्वात्तै बढ्यो सुनको मूल्य, अब एक तोला सुन किन्न २ लाख १५ हजार चाहिने

मंगलवार, भाद्र २४ २०८२११:२७
मंगलवार, भाद्र २४ २०८२११:२७
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार ९भदौ २४० सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

    यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    सोमबार (भदौ २३) छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार ५१५ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । सोमबार चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend