काठमाडौँ । हिमालयन एयरलाइन्सले प्रधानमन्त्री केपीशर्मा ओली कम्पनीको जहाज मार्फत दुबई जाने कुरा हल्ला भएको जनाएको छ । मंगलबार बिहानदेखि प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको जहाज प्रयोग गरेर दुबई तथा चीन जानसक्ने भन्दै उडान रोक्नुपर्ने माग राख्न थालेका छन् ।
जेनजी पुस्ताले उक्त माग गरेपछि कम्पनीले हल्लाको पछि नलाग्न आग्रह गरेको हो । हिमालयन एयरलान्इसका उपाध्यक्ष विजय श्रेष्ठले सामाजिक सञ्जालमा आएको भनिएको हल्ला निराधार रहेको बताए । जेनजीको आन्दोलन चर्कदै गएकोले आएको यस्तो हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे ।
यस्तै हिमालयन एयरलायन्सले मंगलबारका सबै उडान रद्द गरेको समेत जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार कुनै पनि भीआईपी उडान नभएको र अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा दुबइबाट फर्कर्दै गरेको हिमालय एयरलाइन्सको ए३२०–२१४ कलसाइनको ९एनएलडब्लु जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको तस्बिर भाइरल छ । उक्त जहाजमार्फत ओली दुबइ भाग्दैछन् भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाइएको छ ।

