२०८३, आश्विन २३ गते

images
  • समाचार
  • जेनजीको आन्दोलनलाई बैकर्सको साथ, तत्काल माग...

जेनजीको आन्दोलनलाई बैकर्सको साथ, तत्काल माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी

जेनजीको आन्दोलनलाई बैकर्सको साथ, तत्काल माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी

मंगलवार, भाद्र २४ २०८२०४:२२
मंगलवार, भाद्र २४ २०८२०४:२२
  • images

    काठमाडौँ । सोमबारदेखि सुरु भएको जेनजीको आन्दोलनलाई बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले साथ दिएका छन् । बैंक तथा वित्तीय संस्थामा क्रियाशील ट्रेड यूनियनहरुकर्मीहरुले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनमा आफ्नो पूर्ण साथ रहेको जनाएका हुन् । 

    उनीहरुले सरकारले तत्काल जेनजीको माग सम्बोधन नभए सम्पूर्ण कर्मचारीहरू बाध्य भै अनिश्चितकालसम्म कलमबन्द कार्यक्रम प्रारम्भगरी प्रत्यक्षरूपमा सडकमा उत्रेर युवासँगै निर्णायक संघर्षमा होमिने चेतावनी दिएका हुन् ।

    ‘२०६२र६३ को परिवर्तनकारी आन्दोलनमा समेत नदेखिएको स्तरमा हाल राज्यशक्तिले गरेको बल प्रयोग चरम गैरजिम्मेवारी र अपराधको स्पष्ट उदाहरण हो।हामी स्पष्ट शब्दमा भन्छौं, कुनै पनि व्यवस्थाको नाममा गरिने नागरिक विरोधीदमन अब सह्य हुने छैन’, विज्ञप्तीमा भनिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend