काठमाडौँ । मंगलबार राति १० बजेबाट नेपालमा सेनासहितका सुरक्षाकर्मी परिचालन हुने भएका छन्।
भौतिक सम्पत्तिको ठुलो क्षति भइरहेको अवस्थामा त्यसको रक्षार्थ र स्थिति नियन्त्रणमा लिन सेना परिचालन हुन लागेको हो।
नेपाली सेनाले अहिले केहीवेर अघि विज्ञव्ति जारी गर्दै उक्त जानकारी दिएको छ ।
यद्यपि सिंहदरबार लगायत धेरै भौतिक संरचना जलिसकेको छ ।

