२०८३, आश्विन २३ गते

images
  • समाचार
  • काठमाडौँका सडकमा सेनाको गस्ती, अत्यावश्यक बाहेक...

काठमाडौँका सडकमा सेनाको गस्ती, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह

काठमाडौँका सडकमा सेनाको गस्ती, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह

बुधवार, भाद्र २५ २०८२०७:५५
बुधवार, भाद्र २५ २०८२०७:५५
  • images

    काठमाडौँ । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएको हो । 

    प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार साँझ सम्बोधन गर्दै राति १० बजेबाट नेपाली सेनासहित सुरक्षा निकायले सुरक्षाको जिम्मेवारी लिएको बताएका छन् । 

    सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । 

    प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायत सरकारी संरचना र नेताका घरमा तोडफोड र आगजनी गरेपछि सेनाले सुरक्षाको अगुवाइ गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend