२०८३, आश्विन २३ गते

images
  • समाचार
  • जेनजी र सरकारी अधिकारीबीच आज औपचारिक...

जेनजी र सरकारी अधिकारीबीच आज औपचारिक वार्ता हुँदै

जेनजी र सरकारी अधिकारीबीच आज औपचारिक वार्ता हुँदै

बुधवार, भाद्र २५ २०८२०८:२४
बुधवार, भाद्र २५ २०८२०८:२४
  • images

    काठमाडौँ । जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । 

    नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । 

    उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न तयार भएका हुन् । वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ । स्रोतका अनुसार नेपाली सेनाले वार्ताको व्यवस्था मिलाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend