२०८३, आश्विन २१ गते

images

एनसेलले थप्यो दुई दिन निशुल्क सेवा

एनसेलले थप्यो दुई दिन निशुल्क सेवा

बिहिवार, भाद्र २६ २०८२११:४६
बिहिवार, भाद्र २६ २०८२११:४६
  • images

    काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले दुई दिन निःशुल्क सेवा उपलब्ध गराएको छ । 

    उपभोक्तालाई सहज सञ्चार पहुँच सुनिश्चित गर्न बुधबार र बिहीबार गरेर दुई दिनसम्म स्थानीय भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको कम्पनीले गरेको छ ।

    एनसेलको केन्द्रीय कार्यालयमा मंगलबार आन्दोलनकारी प्रवेश गरी तोडफोड गरेका थिए । घटनापछि कम्पनीले सार्वजनिक सम्पत्ति र दूरसञ्चार सेवामाथि क्षति पुर्‍याउँदा उपभोक्ता प्रभावित हुने भन्दै सहयोगको लागि आग्रह गरेको छ ।

    ‘हामी एनसेल परिवार देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएका छौं । यस दुःखद् घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं’, एनसेलले भनेको छ । 

    एनसेलले तोडफोडका कारण अत्यावश्यक दूरसञ्चार सेवामा अवरोध उत्पन्न हुने खतरा रहेको बताएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend