२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सरकारको निर्णयः मृतकलाई शहीद घोषणा गरिने,...

सरकारको निर्णयः मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १५ लाख क्षतिपुर्ति

सरकारको निर्णयः मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १५ लाख क्षतिपुर्ति

सोमवार, भाद्र ३० २०८२०७:४९
सोमवार, भाद्र ३० २०८२०७:४९
  • images

    काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई शहीद घोषणा गर्दै परिवारलाई १५ लाख दिने निर्णय समेत गरेको हो ।
    यसअघि १० लाख दिइँदै आइएकोमा अहिले भने ५ लाख थप गरेर १५ लाखसहित अन्य सुविधा उपलब्ध गराउने निर्णय समेत भएको हो ।


    बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णयबारे जानकारी दिए । त्यस्तै मृतकहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने र आगामी असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय समेत भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend