२०८३, आश्विन २३ गते

images
  • समाचार
  • काठमाडौंसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम,...

काठमाडौंसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौंसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

मंगलवार, भाद्र ३१ २०८२०८:४९
मंगलवार, भाद्र ३१ २०८२०८:४९
  • images

    काठमाडौं । देशभर वर्षाको मात्रा बढेसँगै बाढीको जोखिम पनि उच्च भएको छ। बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।

    महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा यिनका सहायक नदीहरू र कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहेपनि, बबई नदीको बहाव सतर्कता तह नजिक छ र बढ्दो क्रममा छ।


    महाशाखाले साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको भन्दै रूपन्देही, नवलपरासी पूर्व(पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। यी क्षेत्रमा साना नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ।

    त्यस्तै इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला लगायतका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।


    बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन, नदी किनारमा नजान, र आवश्यक परेमा सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ। साथै, स्थानिय निकाय र सरोकारवाला निकायलाई पनि पूर्वतयारी गर्न सुझाव दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend