२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

बिहिवार, आश्विन २ २०८२०१:४२
बिहिवार, आश्विन २ २०८२०१:४२
  • images

    काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता भएको छ । आज कार्की र मोदीबिच आधाघण्टा हाराहारी कुराकानी भएको हो ।

    कुराकानीका क्रममा मोदीले हालै नेपालमा भएको घटनाप्रति दुःख व्यक्त गरे । साथै नेपालमा शान्ति र स्थायित्व पुनस्र्थापना गर्न छिमेकीको नाताले भारतको सधैँ साथ रहने विश्वास व्यक्त गरेको मोदीले ट्वीट गर्दै जानकारी दिएका छन् ।

    त्यस्तै असोज ३ गते शुक्रबार (भोलि) नेपालको संविधान दिवस रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्की र नेपाली जनताका साथ शुभकामना व्यक्त गरे ।

    ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्‍याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ,’ मोदीको ट्वीटमा भनिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend