२०८३, आश्विन २१ गते

images

शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने

शुक्रबार एनसेलको सेवा तीन घण्टा अवरुद्ध हुने

सीएनएन खबर
बिहिवार, आश्विन २ २०८२०७:५१
सीएनएन खबर
बिहिवार, आश्विन २ २०८२०७:५१
  • images

    काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ ।

    एनसेलले बिहीबार साँझ एक सूचना जारी गर्दै शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो ।

    सो अवधिमा रिचार्ज, प्याकरसेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।

    एनसेलले आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताएको छ । ‘यस सुधार कार्यका दौरान पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं,’ एनसेलले सूचना जारी गर्दै भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend