२०८३, आश्विन २३ गते

images
  • समाचार
  • एक लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत...

एक लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत पक्राउ

एक लाख घुससहित गाउँपालिकाका लेखा अधिकृत पक्राउ

शुक्रवार, आश्विन ३ २०८२१२:३०
शुक्रवार, आश्विन ३ २०८२१२:३०
  • images

    काठमाडौँ । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई एक लाख घुससहित पक्राउ गरेको हो ।

    सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

    कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा कारबाही गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend