२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जेनजी आन्दोलनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ...

जेनजी आन्दोलनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

जेनजी आन्दोलनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

आइतवार, आश्विन ५ २०८२०८:११
आइतवार, आश्विन ५ २०८२०८:११
  • images

    काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो ।

    समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । समितिलाई ३ महिनाको समय दिइएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend