काठमाडौँ । सुशील कार्की नेतृत्वको सरकारमा वैज्ञानिक महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बनेका छन्। मन्त्री पुनले आफ्नो नियुक्तिपछि पहिलो पटक सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा(माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।ु पुनको आजै शपथ हुने तयारी छ ।
उनको यो स्टाटसले सार्वजनिक दृष्टिकोणमा बधाई वा औपचारिक स्वागतभन्दा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ठोस काम र योगदानमा जोड दिनुपर्ने सन्देश दिएको छ।
विशेषज्ञहरूले पनि मन्त्री पुनको यस कदमलाई सकारात्मक रूपमा लिँदै, उनको वैज्ञानिक पृष्ठभूमि र नवप्रवर्तनशील सोचले शिक्षा तथा प्रविधि क्षेत्रमा नयाँ दिशा खोल्ने विश्वास व्यक्त गरेका छन्।

