२०८३, आश्विन २१ गते

images

नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर

नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर

सोमवार, आश्विन ६ २०८२१२:३९
सोमवार, आश्विन ६ २०८२१२:३९
  • images

    काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ।

    टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ(तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध गराइएको जानकारी दिएको हो।

    यो प्याजेक अन्तर्गत आज असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क ५००० मिनाहा गरिएको छ।

    मोबाइल डाटा प्याकेज अफर अन्तर्गत जीएसएम ग्राहकहरूका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएको छ।

    टेलिकमका अनुसार ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेजमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।

    ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेजस् यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

    भ्वाइस र एसएमएस प्याकेज

    डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छ

    २५० मा १००० मिनेट अल(नेट भ्वाइस सुविधास् यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।

    ९९ मा १००० अन-नेट एसएमएस सुविधास् यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।

    यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।

    यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।

    यी प्याकेजहरूले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास पनि टेलिकमले व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend