२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ठोस नतिजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई...

ठोस नतिजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन

ठोस नतिजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन

सोमवार, आश्विन ६ २०८२०५:२३
सोमवार, आश्विन ६ २०८२०५:२३
  • images

    काठमाडौं । काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको बताए ।

    पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए ।

    ‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैं यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend