२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ‘पदलोलुपता मेरो नेचर होइन, अहिले नै...

‘पदलोलुपता मेरो नेचर होइन, अहिले नै जिम्मेवारीबाट भाग्दिन’

‘पदलोलुपता मेरो नेचर होइन, अहिले नै जिम्मेवारीबाट भाग्दिन’

बिहिवार, आश्विन ९ २०८२०२:२४
बिहिवार, आश्विन ९ २०८२०२:२४
  • images

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् । 

    बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो जिम्मेवारीबाट पन्छिने बिलकुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन, त्यसैले अहिले पनि म हुनै पर्ने भन्ने छैन । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’


    जेनजी आन्दोलनपछि पार्टी नेतृत्व छाड्न दबाब बढिरहेका बेला अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्न भने आफू तयार रहेको बताए । 


    आजको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैँभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन । नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ । जेनजी आन्दोलनको भावनालगत्तै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend