२०८३, आश्विन २१ गते

images

दसैँको बिदामा नेपाल टेलिकमका काउन्टर खुल्लै रहने

दसैँको बिदामा नेपाल टेलिकमका काउन्टर खुल्लै रहने

आइतवार, आश्विन १२ २०८२०४:२९
आइतवार, आश्विन १२ २०८२०४:२९
  • images

    काठमाडौँ । दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ ।

    गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित असोज १३, १५ र १७ गते खुला रहने छन् ।

    चरिकोटस्थित काउन्टर १३ र १४ असोजका दिन खुला रहने टेलिकमले जनाएको छ । मर्मत सम्भार र जडान सम्बन्धी काम भने दशैं र तिहार बिदाको समयमा समेत नियमित चल्ने टेलिकमले जानकारी दिएको छ ।

    खुला रहेको काउन्टरबाट टेलिफोन, मोबाइल तथा इन्टरनेट भुक्तानी, सिम वितरण तथा परिवर्तनका काम हुनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend