२०८३, आश्विन २३ गते

images
  • समाचार
  • दशैंको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका–जमरा...

दशैंको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

दशैंको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

शुक्रवार, आश्विन १७ २०८२०७:४९
शुक्रवार, आश्विन १७ २०८२०७:४९
  • images

    काठमाडौँ । बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

    कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ। मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्। 

    आजबाट दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्।

    बुधबार र बिहीबारको तुलनामा आज मुख्य सडकमा चाप रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend