२०८३, आश्विन २३ गते

images
  • समाचार
  • इलामका ५ पालिकामा पहिरो, १८ जनाको...

इलामका ५ पालिकामा पहिरो, १८ जनाको मृत्यु

इलामका ५ पालिकामा पहिरो, १८ जनाको मृत्यु

सीएनएन खबर
आइतवार, आश्विन १९ २०८२११:३२
सीएनएन खबर
आइतवार, आश्विन १९ २०८२११:३२
  • images

    काठमाडौँ । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सूर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

    त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए ।

    त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।

    कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend