२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मौसम सुधार भएसँगै आजदेखि काठमाडौं र...

मौसम सुधार भएसँगै आजदेखि काठमाडौं र ललितपुरका सरकारी कार्यालय खुल्ने

मौसम सुधार भएसँगै आजदेखि काठमाडौं र ललितपुरका सरकारी कार्यालय खुल्ने

सोमवार, आश्विन २० २०८२०७:३०
सोमवार, आश्विन २० २०८२०७:३०
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार) जिल्लाका कार्यालयहरू खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।  

    कार्यालयले बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन भनेको छ । 

    ललितपुरमा पनि बाढी र वर्षाका कारण प्रभावित सार्वजनिक सेवा आजदेखि पुनः सुचारु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै सोमबारदेखि नियमित रूपमा सार्वजनिक सेवा प्रवाह शुरू हुने जनाएको हो।

    गृह मन्त्रालयको निर्देशन अनुसार विपद् जोखिम व्यवस्थापन र प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न भनिएको छ।

    सोही निर्देशनका आधारमा ललितपुर प्रशासनले असोज २० गतेदेखि सबै सरकारी कार्यालय र निकायले सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend