२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सोमबार बिहानसम्म यस्तो छ सडकको अवस्था...

सोमबार बिहानसम्म यस्तो छ सडकको अवस्था (सूचीसहित)

सोमबार बिहानसम्म यस्तो छ सडकको अवस्था (सूचीसहित)

सोमवार, आश्विन २० २०८२०८:०३
सोमवार, आश्विन २० २०८२०८:०३
  • images

    काठमाडौँ । वर्षा र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू पूर्णरुपमा अवरुद्ध रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान बिहान ६ः४० बजेसम्मको विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।

    संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

    त्यसैगरी ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा समेत सिद्धिचरण लोकमार्ग आवागमन अवरुद्ध भएको छ। धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ।

    यसैगरी ईलाम नगरपालिकाकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सुवामा गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ।

    suchana.jpg

    त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र क्षेत्र, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्रमा समेत पहिरोका कारण सडक अवरुद्ध रहेका छन्।

    दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा बन्द भएको प्रहरीको जानकारीमा उल्लेख छ।

    सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध भएको मदन भण्डारी राजमार्ग भने आंशिक रूपमा सुचारु गरिएको छ। तर, सोही जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ।

    नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend