२०८३, आश्विन २३ गते

images
  • समाचार
  • प्रहरीका १८ जना कर्मचारी असारदेखि गैरहाजिर,...

प्रहरीका १८ जना कर्मचारी असारदेखि गैरहाजिर, ७ दिनभित्र सम्पर्कमा नआए बर्खास्त हुने

प्रहरीका १८ जना कर्मचारी असारदेखि गैरहाजिर, ७ दिनभित्र सम्पर्कमा नआए बर्खास्त हुने

मंगलवार, आश्विन २१ २०८२०८:०९
मंगलवार, आश्विन २१ २०८२०८:०९
  • images

    काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

    आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्।

    अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए। इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्। अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्।

    प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा र प्रक्रियाअनुसार सूचना टाँस गराउँदा पनि सम्पर्कमा नआएको जनाएको छ।

    उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टिकरण जबाफसहित बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ। अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

    police suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend