२०८३, आश्विन २३ गते

images
  • समाचार
  • अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाहरुको...

अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन, टंगालमा सुरक्षा कडा

अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन, टंगालमा सुरक्षा कडा

मंगलवार, आश्विन २१ २०८२११:१९
मंगलवार, आश्विन २१ २०८२११:१९
  • images

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै आज बिहान जेनजी युवाहरूले काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन्।

    प्रदर्शन शान्तिपूर्ण रूपमा भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थित देखिएको थियो। टंगाल क्षेत्र वरपर सुरक्षाकर्मी परिचालन थप गरिएको थियो।

    प्रदर्शनमा सहभागी युवा अभियन्ता अमित खनाल ओझाले भने, “राजनीतिक आस्था भन्दा माथि उठेर हेर्ने हो भने, नैतिकताको आधारमा प्रेम कुमार राईले राजीनामा दिनु जरुरी छ। जब आफैं निष्पक्षताको संरक्षक बन्‍नुपर्ने व्यक्ति विवादित बन्छन्, त्यहाँबाट परिवर्तन अपेक्षा गर्न सकिँदैन।”

    जेनजी युवाहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका ५२ संवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने माग पनि अघि सारेका छन्। उनीहरूको आरोप छ , 'ती नियुक्तिहरू राजनीतिक स्वार्थमा आधारित छन्, जसले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको अपमान गरेको छ।'

    हालसम्म अख्तियार प्रमुख र सरकारको तर्फबाट प्रदर्शनमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर, सामाजिक सञ्जालमा यस विषयमा युवाहरूको चासो र समर्थन तीव्र रुपमा देखिन थालेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend