२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बाढी-पहिरो पीडितलाई नगद सहयोगदेखि अस्थायी बसोबासको...

बाढी-पहिरो पीडितलाई नगद सहयोगदेखि अस्थायी बसोबासको सुविधा गर्ने सरकारी निर्णय

बाढी-पहिरो पीडितलाई नगद सहयोगदेखि अस्थायी बसोबासको सुविधा गर्ने सरकारी निर्णय

मंगलवार, आश्विन २१ २०८२०२:१७
मंगलवार, आश्विन २१ २०८२०२:१७
  • images

    काठमाडौँ । सरकारले असोज १७-१९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं  बैठकले यस्तो निर्णय गरेको हो ।

    विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय भएको परिषद्ले जनाएको छ ।

    साथै  लाभग्राही पहिचान भइ आए पश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।

    त्यस्तै तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ ।

    prastab.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend