२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पोखरा लिची बगान जग्गा घोटाला प्रकरणः...

पोखरा लिची बगान जग्गा घोटाला प्रकरणः पूर्वमन्त्रीद्वयसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा लिची बगान जग्गा घोटाला प्रकरणः पूर्वमन्त्रीद्वयसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, आश्विन २२ २०८२०२:४९
बुधवार, आश्विन २२ २०८२०२:४९
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

    एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहितका अभियुक्तहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।

    गत असार २८ मा तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासन सहित उनले त्यो रकम लिएका थिए ।
    दालतको फैसला अनुसार, जग्गा दर्ता गरिदिनुपर्ने र त्यसका लागि अनुकुलको व्यक्तिलाई मालपोत प्रमुख बनाइदिने आश्वासनमा घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजिनामा दिनुपरेको थियो ।

    अडियो सार्वजनिक भएपछि तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पनि पोखराका सुजन लामासँग घुस लिएको विवरण सार्वजनिक भएका थिए । उनीभन्दा अघिकी मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको खुलासा भएको थियो ।

    उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरण अख्तियारमा पेश भएका थिए । त्यतिमात्रै नभएर भूमि मन्त्रालयका तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएका विवरण सार्वजनिक भएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend