२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः...

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

शुक्रवार, आश्विन २४ २०८२०७:२२
शुक्रवार, आश्विन २४ २०८२०७:२२
  • images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । 

    आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी दुवै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend