२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका २० निर्णयः मन्त्रीको विदेश...

मन्त्रिपरिषद् बैठकका २० निर्णयः मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि भिजिट भिसा प्रकरणको छानविन अघि बढाउनेसम्म

मन्त्रिपरिषद् बैठकका २० निर्णयः मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि भिजिट भिसा प्रकरणको छानविन अघि बढाउनेसम्म

शुक्रवार, आश्विन २४ २०८२०३:३६
शुक्रवार, आश्विन २४ २०८२०३:३६
  • images

    काठमाडौँ । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले असोज २३ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले २० वटा निर्णय गरेको छ।

    भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निमाण र मर्मत संभार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सुचारु गर्न,प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाको लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ।

    यसैगरी बैठकले तीन महिना अवधिका लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको  छ। 

    cabinet1.gif
    cabinet2.gif

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend