२०८३, आश्विन २३ गते

images
  • समाचार
  • निर्यात अनुदान खारेज भएपछि चेम्बरका पदाधिकारीले...

निर्यात अनुदान खारेज भएपछि चेम्बरका पदाधिकारीले भेटे उद्योगमन्त्री, के भयो कुराकानी ?

निर्यात अनुदान खारेज भएपछि चेम्बरका पदाधिकारीले भेटे उद्योगमन्त्री, के भयो कुराकानी ?

सीएनएन खबर
शुक्रवार, आश्विन २४ २०८२०४:२३
सीएनएन खबर
शुक्रवार, आश्विन २४ २०८२०४:२३
  • images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरबारमा आज भेटवार्ता गर्दै निर्यातमा दिइँदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो ।

    आन्तरिक उत्पादनहरूको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend