२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघको...

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघको जाहेरी, २४ घण्टाभित्र पक्राउको माग

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघको जाहेरी, २४ घण्टाभित्र पक्राउको माग

आइतवार, आश्विन २६ २०८२१२:५२
आइतवार, आश्विन २६ २०८२१२:५२
  • images

    काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।

    भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा विद्यालय पोशाक लगाएका विद्यार्थीहरूलाई उक्साएर आन्दोलनमा उतारेको, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको र राष्ट्रिय सम्पदामाथि हमला गराएको आरोपमा नेविसंघले उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै जाहेरी दर्ता गराएको हो।

    BALEN vs Sudan1.jpg

    नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले संयुक्तरूपमा जाहेरी दिएका हुन्। उनीहरूले २४ घण्टाभित्र जाहेरी दर्ता गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

    प्रहरी प्रशासनले भने जाहेरी प्राप्त भएको पुष्टि गर्दै कानुनी अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।यसअघि नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) ले पनि बालेन शाह र सुदन गुरुङविरुद्ध समान प्रकृतिको जाहेरी दिएको थियो।

    Balen vs sudan 2.jpg

    जेनजी आन्दोलनका नाममा हालै काठमाडौंमा भएका प्रदर्शनहरूमा व्यापक जनसहभागिता देखिएको थियो। तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको, तोडफोड र अव्यवस्था सृजना भएको भन्दै आलोचना हुँदै आएको छ।

    Balen vs sudan 3.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend