२०८३, आश्विन २१ गते

images
  • अटो
  • आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज...

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिन नै ग्राहकको उत्साहजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला, पहिलो दिन नै ग्राहकको उत्साहजनक सहभागिता

आइतवार, आश्विन २६ २०८२०१:३२
आइतवार, आश्विन २६ २०८२०१:३२
  • images

    काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामीर सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगाएक्सचेन्ज कार्निभल सुरु गरेको छ ।

    आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरु दिपल, अवतार, नामीर सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरुले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए ।

    एक्सचेन्जमेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् । काठमाडौंमा आयोजना हुने मुख्यकार्यक्रममा ग्राहकले दिपल, अवतार, नामीर सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

    ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउस मार्फत् आफ्ना पुराना गाडीहरुको  सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनिपाउनुहुनेछ जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभपाउन सक्नेछन् ।  यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनिअफर पाउनेछन् ।

    एक्सचेन्जकार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । काठमाडौं बाहेक नेपालभरका दिपल, नामीर सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend