काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने । स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ ।
संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।
एमाले उपमहासचिव ज्ञवालीले अदालत संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएएको जानकारी दिए ।

