२०८३, आश्विन २३ गते

images
  • समाचार
  • वीर अस्पतालका लेखा अधिकृत घुस सहित...

वीर अस्पतालका लेखा अधिकृत घुस सहित अख्तियारको नियन्त्रणमा

वीर अस्पतालका लेखा अधिकृत घुस सहित अख्तियारको नियन्त्रणमा

सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०७:४४
सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०७:४४
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस सहित पक्राउ गरेको छ।

    काठमाडौंस्थित उक्त वीर अस्पतालमा कार्यरत लेखा अधिकृत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम बापत घुस लिएर लुकाएको सूचना पाएपछि अख्तियारको टोली गएको थियो।

    अख्तियारको टंगालबाट खटिएर गएको टोलीले उनको कार्यकक्षमा छापा मारेर घुस लिएर कार्यकक्षमै लुकाएर राखेको अवस्थामा १ लाख २० हजार ८५० रुपैयाँ बरामद गरेको छ। साथै उनको साथबाट १ थान मोबाइल र अन्य कागजात सहित असोज २६ गते उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

    जेनजी पुस्ताले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलन उत्कर्षमा पुगेको हप्तादिन देखिबाटै एकपछि अर्को गर्दै सरकारी कर्मचारीहरू घुस सहित पक्राउ पर्न थालेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend