२०८३, आश्विन २१ गते

images

तीनकुनेमा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

मंगलवार, आश्विन २८ २०८२१२:५१
मंगलवार, आश्विन २८ २०८२१२:५१
  • images

    काठमाडौं । काठमाडौं तीनकुनेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भइ काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल काठमाडौं मेडिकल कलेज, सिनामङ्गलमा उपचारका लागि लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend