काठमाडौं । संघीय संसद विघटनको विरोधमा उत्रिएको नेकपा (एमाले) संस्थागत रूपमा सर्वाेच्च अदालत नजाने भएको छ । एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी संस्थागत रूपमा रिट बोकेर अदालत नजाने बताए ।
जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेकी थिइन् । सो निर्णयको विरोध गर्दै एमालेले सर्वोच्च जाने बताउँदै आएको थियो । यद्यपि, संसद विघटनविरुद्ध आज अरु रिट पेस भइरहँदा एमालेले भने सर्वोच्च नजाने बताएको हो । आज सर्वोच्चमा संसद विघटनविरुद्ध पाँचवटा रिट परेका छन् ।

