२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आयल निगमले घटायो पेट्रोलको मूल्य, डिजेल...

आयल निगमले घटायो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको भने यथावत्

आयल निगमले घटायो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको भने यथावत्

बिहिवार, आश्विन ३० २०८२०७:४१
बिहिवार, आश्विन ३० २०८२०७:४१
  • images

    काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ । 

    बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । 

    निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend