२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री

बिहिवार, आश्विन ३० २०८२०२:०१
बिहिवार, आश्विन ३० २०८२०२:०१
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी युवाहरूले उठाएका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको बताएका छन्।

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी पाँच महिनाभित्र आन्दोलनले उठाएका मुद्दाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ। कति गर्न सकिन्छ थाहा छैन, तर जानेर, बुझेर, नियतबस खराब केही गर्ने छैन। अबको पाँच महिनामा जेनजी आन्दोलनले दिएका म्यान्डेट पूरा गर्नुपर्नेछ।”

    मन्त्री खरेलले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दृढ रहेको पनि बताएका छन्। उनले थपे, “जेनजी युवाहरूका माग पूरा गर्न सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट कार्यान्वयन गर्न अहोरात्र काम भइरहेको छ।”

    सरकारको यो कदमले युवा आन्दोलनबाट उठेका मुद्दाहरू सम्बोधन गर्दै पारदर्शिता र जिम्मेवार शासनको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend